काठमाण्डु – गृहमन्त्री सुधन गुरुङसँग निकट सम्बन्ध रहेको धाक लगाएर फोन संवाद गरेका व्यक्ति प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ का ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ललाई जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले पक्राउ गरेको छ ।
गृहमन्त्रीका मान्छेसँग सम्बन्ध रहेको भन्दै मल्लले मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि सोधपुछका क्रममा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा थुनामा राख्न २ दिन अनुमति लिइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया