काठमाण्डु – कलंकीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार बुधबार अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पक्राउ परेका अन्य २ जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया