यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना


काठमाण्डु- एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीवार १० जनालाई पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन नियन्त्रणमा लिएको थियो । उक्त सुन तस्करी प्रकरणमा बिहीवारसम्म १० जना पक्राउ परेका हुन् ।

यी हुन् बिहीवार पक्राउ परेकाहरूः
१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३) रामकुमार भुजेल (दोलखा)
४) दीलिप भुजेल (दोलखा)
५) हर्कराज राई (भोजपुर)
६) अशोक लामा (ट्याक्सी चालक)
७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०) राजेन्द्र राई (भन्सार एजेन्ट)

प्रतिक्रिया दिनुहोस
Advertisement