पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, ३ वर्ष जेल सजाय हुने


काठमाण्डु- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तोशखाना मुद्दामा अदालतको फैसलापछि खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको हो ।

इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।

इमरानको पार्टी तेहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ । पार्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेका छन् र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement