माओवादी नेताको हत्या आरोपी सांसद सिंह पक्राउ


काठमाण्डु – माओवादी नेताको हत्या गरेको पुरानो मुद्दाको आरोपमा मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले सिंहलाई सोमबार राजविराजबाट नियन्त्रणमा लिएको बताए ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको २०६४ सालदेखि मुल्तबीमा रहेको ज्यान सम्बन्धी मुद्दामा सिंह आरोपी हुन् । सप्तरीको प्रदेशसभा ४(२) बाट सिंह विजयी भएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) मा असन्तुष्ट भई स्वतन्त्र उम्मेदवार बनेका सिंह निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement