काभ्रेको देउराली सहकारीका अध्यक्ष चौलागाई पक्राउ


काठमाण्डु – काभ्रेको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अध्यक्ष चौलागाईलाई पक्राउ गरेको हो ।

सञ्चालक समितिका सदस्यले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाएर सहकारीमा बचत गर्न लगाई हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बचतकर्ताले मासिक/त्रैमासिक/वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने भनी बचत गराइएकोमा बचतकर्ताले रकमको साँवा र ब्याज फिर्ता नपाएपछि उजुरी गरेका थिए ।

प्रहरीमा परेको उजुरीमा चौलागाईले ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement