बलात्कारको आरोपमा १ जना पक्राउ


बैतडी – जिल्लाको मेलौली नगरपालिकाबाट प्रहरीले बलात्कारको आरोपमा १ पुरुषलाई पक्राउ गरेको छ ।

मेलौली नगरपालिका–५ खलिगाडका २८ वर्षीय नरेश जोशीलाई आज सोमबार पक्राउ गरिएको छ ।

आरोपी जोशीले मेलौली नगरपालिका–६ लामाखोला जंगलमा महिलालाई करणी गरी भागेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए ।

पक्राउ परेका जोशीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement