बैंकिङ कसूर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ


काठमाण्डु – बैंकिङ कसूर मुद्दामा कैद जरिवाना तोकिएर फरार रहेका तनहुँको भानु नगरपालिका–१२ का ३२ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०८० असार ३ गतेको फैसलाले बिगो ५ लाख रुपैयाँ जरिवाना तोकेको जानकारी दिए ।

५ लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति २० हजार रुपैयाँ राहत कोषमा जम्मा गराई २ दिन कैद हुने ठहर भएको प्रतिवादी थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement