काभ्रेमा ७ किलो चाँदीको सिक्कासहित १ जना पक्राउ


काठमाण्डु – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालबाट करीब ७ किलो चाँदीको सिक्कासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बसमा सवार शराफको साथमा ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्का लगायतको गरगहना फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आवश्यक कारबाहीका लागि उनलाई सम्बन्धित निकायमा बुझाउने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement