बहुमूल्य सामान भनी ठगी गर्ने व्यक्तिहरू पक्राउ


काठमाण्डु – प्राचीन पुरातात्विक बहुमुल्य सामान हो भनी झुक्याई ठगी गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदर्शी गाउँपालिका–६ निवासी अनिल गदाईली समेतलाई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–८ बालुवाखानीबाट पक्राउ गरेको हो ।

सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी नगद ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा अनिलको साथबाट प्राचीन पुरातात्विक सामान अन्दाजी मूल्य २ करोड रुपैयाँमा खरिद बिक्री गर्ने भनी बहाना बनाई झुक्यानमा पारी ठगी गर्ने व्यक्तिको साथबाट त्रिभुज आकारको अटोफायर र क्रिष्टल माला बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठगी गर्ने कार्यमा संलग्न रहेका अन्य व्यक्तिलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध काठमाण्डुमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement