पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ


उदयपुर – पत्नी ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

पिटरले घरायसी विवादका कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement