लागूऔषध चरेशसहित २ जना पक्राउ


धनगढी – जिल्लाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्ती थक्तोलीस्थित सडक खण्डबाट १ किलो ६०० ग्राम लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् ।

बझाङको बुङल नगरपालिका–७ बस्ने ३६ वर्षीय उज्जलबहादुर बोहरा र २८ वर्षीय रामबहादुर बोहरालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र प्रहरी चौकी शंकरपुर पस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा चरेश फेला पारी पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

चरेश बरामद सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement