बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ


काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिक ४४ वर्षीय थिनलेटी चोडेनलाई प्रहरीले पक्राउ गरेको छ ।

एयर ईन्डियाको उडानद्वारा काठमाण्डुबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर १६ हजार ४२१, चाईनिज युआन ५४ हजार ४१५ र भारतीय रुपैयाँ ५ हजार फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement