मोरङमा पेस्तोलसहित १ जना पक्राउ


मोरङ – जिल्लामा कटुवा पेस्तोलसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका–२ पैठाबाट कटुवा पेस्तोल १ र गोली ३ राउण्डसहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका–७ बस्ने २७ वर्षीय रविन्द्रकुमार यादव रहेका छन् ।

प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले पार्किङ गरिराखेको बीआर ०६ पीए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यास बोर्डभित्र लुकाइराखेको पेस्तोल र गोली फेला पारेको छ ।

पेस्तोल फेला पारेपछि प्रहरीले चालकलाई पक्राउ गरेको छ भने थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement