सुदूरपश्चिममा लागूऔषधसहित २ जना पक्राउ


धनगढी – सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागूऔषध ब्राउनसुगर १ ग्राम १५० मिलिग्रामसहित बोराडाँडी बस्ने २२ वर्षीय विज्ञान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारबाट लागूऔषध खैरो हेरोइन १ ग्राम ३७ मिलिग्रामसहित २४ वर्षीय प्रमल नाथलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले भारतको टनकपुरबाट नेपालतर्फ आउँदै गरेको म१प ७१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक प्रमललाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement