नमोबुद्धमा जुवा खेलिरहेका ८ जना पक्राउ


काठमाण्डु – काभ्रेको नमोबुद्ध नगरपालिका–१० पुरानोगाउँबाट प्रहरीले जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ ।

स्थानीय विनोद हुमागाईको घरमा जुवातास खेलिरहेका ४४ वर्षीय रामचन्द्र बिष्टसहित ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ५३ हजार ४७० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको छ । जुवातास सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement