हत्या आरोपमा २ जना पक्राउ


काठमाण्डु – सोलुखुम्बुमा १ जनाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

महाकुलुङ गाउँपालिका–२ पेल्माङ बस्ने ५० वर्षीय शितलबहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवादसँगै भएको झैझगडामा सितलबहादुर राईको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झैझगडामा संलग्न धरनबहादुर र समितलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement