यात्रु बसबाट लागूऔषधसहित १ जना पक्राउ


वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको यात्रु बसबाट ठूलो परिमाणमा लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ घर भएका ४० वर्षीय रविन्द्र केसी रहेका छन् । उनको साथबाट नेपालमा प्रतिबन्धित लागूऔषध फेनारगन ३०० पिस, डाइजापाम ३०० पिस र नुरफिन ३०० पिस गरी ९०० पिस बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

बसका चालक बस्ने सिटमुनि लुकाएर राखेको सेतो झोलबाट लागूऔषध बरामद गरिएको छ ।

लागूऔषधसहित पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement