शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ


काठमाण्डु – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका–१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करीब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।

सोमबार बिहान करीब ११ बजेतिर शौचालयको झ्यालबाट भागेपछि लगत्तै प्रहरीले चौतर्फी घेरा हालेर प्रतिष्ठान नजिकै रहेको निमा हल पछाडिबाट उनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

शौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । मोबाइल चोरी गरेको अभियोगमा ३ दिनअघि पक्राउ परेका नेपाली यसअघि पनि पटक–पटक चोरी गरेको अभियोगमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement