विमानस्थलमा खटिएका प्रहरी नै मानव तस्करीमा ! १ जना पक्राउ


काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीमा संलग्न भएका आरोपमा १ जना प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ रहेका छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीलाई उनलाई पक्राउ गरेको छ । तामाङले मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भिजिट भिसामा सर्वसाधारणलाई दुबई लगायत खाडी मुलुक पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनी मानव तस्करका गिरोहसँग मिलेर भिजिट भिसामा सर्वसाधारणलाई खाडी मुलुक उडाउने कार्यमा संलग्न रहेका बताइएको छ ।

पक्राउ परेका तामाङ विगत ३ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement