भन्सार छली सुन कारोबार गर्ने ५ जना पक्राउ


काठमाण्डु – भन्सार छली सुन कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नजिर मन्सुरी, कारी ईसार केवट, अमृतधन राई, अर्जुन भट्टराई र यम भन्ने अनिष थापा छन् ।

कतारको उडानमार्फत् नेपाल आउँदा भन्सार छली अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा आरोपीहरूलाई पक्राउ गरिएको छ ।

आरोपीहरूको साथबाट २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा पर्ने सुनको ढिक्का थान ३ (जम्मा तौल २१४.३६ ग्राम) र सिक्रीहरू थान ३ (जम्मा तौल ५०.०१ ग्राम) र नगद १ लाख १० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई भन्सार ऐन २०६४ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाण्डु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement