विमानस्थलबाट सुन लुटपाट गर्ने ३ जना पक्राउ


काठमाण्डु – दुबईबाट तस्करी गरी ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तीनै जनालाई सिनामंगलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय मनोज थापा, ३२ वर्षीय अर्जुन थापा र ३० वर्षीय शेखर भट्टराई छन् । सिनामंगलका नजिर अन्सारीसँग रहेको सुनका गरगहना तथा नगद लुटपाट गरी बा२ज २१८० नम्बरको ट्याक्सीमा लुटेर लगेको सूचना पाएपछि प्रहरीले खोजीकार्य गरेर पक्राउ गरेको हो ।

नजिर अन्सारीबाट लुटिएको सुन दुबईबाट ल्याइएको तस्करी सुन रहेको प्रहरीले जनाएको छ । तस्करी गरेर ल्याइएको सुन गत आइतबार लुटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement