गोठाटारबाट २ जना लागूऔषध कारोबारी पक्राउ


काठमाण्डु – राजधानी काठमाण्डुको गोठाटारबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी २ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापाको केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।’

प्रहरीले मोहम्मद करिमको साथबाट ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसमा लाग्ने ३ राउन्ड गोलीसहित २०० ग्राम खैरो हेरोइनजस्तो पदार्थ र तराजु फेला परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement