लागूऔषधसहित २ जना पक्राउ


उदयपुर – जिल्लाको बेलका नगरपालिका–१ आम्बासीमा लागूऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले २ युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौडण्डीगढी नगरपालिका–४ का ३० वर्षीय सुमन तामाङ र ३० वर्षीय मुकेश राई रहेका छन् ।

अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला परेका युवाहरूलाई खानतलासी गर्दा लेबल विनाको ३ एम्पुल र लेबल विनाको ५ एम्पुल गरी ८ एम्पुल प्रतिबन्धित लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले बताए ।

शरीरभित्र फ्रिज गरिएको लागूऔषध प्रहरीले एक्सरेको सहायताले परीक्षण गरी निकालेको उनले बताए । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रामपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement