आममाफी बदर भएपछि रिगल पक्राउ


काठमाण्डु – कैद मिनाहा दिने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो ।

बाँकेका एसपी सुवास बोहराले रिगललाई पक्राउ गरिएको जानकारी दिए । सर्वोच्च अदालतले बिहीबार ढकाललाई आममाफी दिने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।

अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिले रिगलको बाँकी कैद माफी गरेपछि भदौ ४ गते उनी छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement