साढे १६ लाख नगदसहित १ जना पक्राउ


नवलपरासी – प्रहरीले स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन् ।

भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु९०प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागेर चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।

कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७०० र ५०० दरका १ हजार ९०० थान रहेको छ । पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताए ।

सीमावर्ती भारतीय बजारमा नेपाली नोटको कारोबार हुने गरेको छ । नेपालबाट भारतमा कारोबार गर्ने नेपाली व्यापारीलाई रकम बुझाउन वा भारतीय रकम साट्नका लागि भारतीय व्यापारीबाट रकम ल्याइएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement