जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

धनकुटाकी १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल छन् ।

ती बालिकाको घरमा कोही नभएको अवस्थामा सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।

झापामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१५ भिन्डी बस्ती बस्ने २१ वर्षीय सुकलाल हस्दालाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमबार दिउँसो आफ्नै घरमा ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement