अवैध लागूऔषधसहित ३ जना पक्राउ


जुम्ला – चन्दननाथ नगरपालिका–७ महतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३० ट्याब्लेटसहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चन्दननाथ नगरपालिका–७ बस्ने २० वर्षीय लक्ष्मण बम, १८ वर्षीय किशोर र सोही नगरपालिका–१० बस्ने ४० वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement