विभिन्न हातहतियारसहित २ जना पक्राउ


दाङ – जिल्लाको गढवा गाउँपालिका–६ बस्ने ४९ वर्षीय दिलबहादुर राना र ४५ वर्षीय निमबहादुर बुढालाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले बगाले बिसाउने सामुदायिक वनबाट दिलबहादुरलाई भरूवा बन्दुक १, फलामको गोली १३, छर्रा २४, बारुद करीब ५० ग्राम, खुकुरी २ र बन्दुकमा लगाउने केप ७ थान तथा निमबहादुरलाई भरूवा बन्दुक १, फलामको गोली १०, छर्रा १३, बारूद करीब ५० ग्राम र बन्दुकमा लगाउने केप ५ थानसहित फेला पारी पक्राउ गरेको छ ।

बरामद बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement