कपनमा नक्कली नोट छापिरहेका १ जना पक्राउ


काठमाण्डु – नेपाल प्रहरीले कपनमा नक्कली नेपाली नोट छापिरहेका १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोल्पाको भिजेर घर भई हाल काठमाण्डु–६ मा बस्दै आएका २९ वर्षीय कार्मा लुण्डुप गुरुङ छन् ।

सरस्वती नगरमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नवराज सापकोटको कमाण्डमा खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो ।

माहांकाल सेचेन गुम्बा नजिकै घरको भूइँतलामा बस्दै आएका उनलाई विभिन्न मशिनरी सामान, नक्कली नोट र नेपाली नगदसहित नियन्त्रणमा लिइएको प्रहरी प्रभाग कपनले जनाएको छ ।

उनलाई थप कारबाहीका लागि बौद्ध प्रहरीमा पठाइएको छ । उनको साथबाट नक्कली नोटको फोटोकपी गर्ने मशिन १, डिजिटल तराजु सानो १, मोबाइल २, नक्कली नोट १ हजार लेखिएको २२५ थान, नेपाली नोट नगद २६ हजार ८००, ल्यापटप १ र पैसा छाप्न प्रयोग हुने मसीको बट्टा ४ वटा बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement