बलात्कार गरेको आरोपमा १ जना पक्राउ


काठमाण्डु – गोरखामा २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउँपालिका–३ का २९ वर्षीय सञ्जीव अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७९ साउन २ गते महिला शौचालयबाहिर निस्केको अवस्थामा जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले दिएको जाहेरीका आधारमा आरोपीलाई आईतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपीविरुद्ध सोमबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि थुना अनुमति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement