खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ


धनगढी – लागूऔषध खैरो हेरोइनसहित १ जना भारतीय नागरिक कञ्चनपुरमा पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित होल्डिङ सेन्टर नजिकबाट खैरो हेरोइनसहित उत्तराखण्डको चम्पावत मिना बजारका धमेन्द्र दुबे पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा नेपालतर्फ प्रवेश गर्ने क्रममा दुबेलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनको साथबाट ९.३३ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । यूके ०३ बी ८२६९ नम्बरको मोटरसाइकलसहित प्रहरीले दुबेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement