अवैध लागूऔषधसहित २ जना पक्राउ


काठमाण्डु – सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुना बजार बस्ने २८ वर्षीय प्रविन नेपालीलाई अवैध लागूऔषधसहित पक्राउ गरिएको छ ।

ब्राउन सुगर जस्तो देखिने पदार्थ ८४० मिलिग्रामसहित सोमबार राति प्रहरीले उनलाई पक्राउ गरेको छ ।

लागूऔषधको कारोबार गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध नाइट्राभेट ५२५ ट्याब्लेटसहित मकवानपुरको मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय कृष्णबहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement