उपल्लो मुस्ताङ पुगेका ६ भारतीय पक्राउ


काठमाण्डु- मुस्ताङबाट ६ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । जसअनुसार उनीहरूलाई अनुमति लिन पोखरा पठाइएको छ । लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन् ।

नेपाल सरकारले उपल्लो मुस्ताङलाई सुरक्षा संवेदनशीलताका कारण नियन्त्रित तथा निषेधित क्षेत्र घोषणा गरेको छ। त्यसैले उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले अध्यागमन विभागबाट शुल्क तिरेर प्रवेश अनुमति लिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
Advertisement