सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ


काठमाण्डु – दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करी प्रकरणमा महिमा माझीलाई पक्राउ गरेको छ । आरोपीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा बुझाइएको सीआईबीले जनाएको छ ।

माझीले सुन तस्करीको रकम क्रिप्टोमार्फत विदेशमा भुक्तानी गर्दै आएको अनुसन्धानबाट खुलेको सीआईबीकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १५ पुगेको छ । डेढ महिनाअघि दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाविरुद्ध प्रहरीले अवैध रूपमा सुनको चोरीपैठारी तथा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement