लागूऔषधसहित ५ जना पक्राउ


तनहुँ – जिल्लामा आज बुधबार लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये ३ जना भारतीय नागरिक छन् । आज बुधबार बिहान ६ बजे आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्गबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

आँबुखैरेनीतर्फ आइरहेको ग१ख ९६८४ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले बताए ।

भारतको मोतिहारी पूर्वी कटहनौनापुरकी ६० वर्षीया मुस्ताफा खातुन, १८ वर्षीय निराले आलमसँगै मोतिहारी चम्पारणका १८ वर्षीय क्यामुदिन अन्सारी पक्राउ परेका छन् ।

आरोपीहरूको झोलाबाट डाइजापाम, फेनारागन र नुर्फिन ७३/७३ एम्पुल बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement