फेसबूकबाट चरित्र हत्या गरेको आरोपमा १ जना पक्राउ


काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल टिकटक र फेसबूकको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका स्थायी घर भई हाल काठमाण्डुमा बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोजकुमार महतो रहेका प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमा तस्वीर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्र हत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबूकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जानकारी दिए ।

महतोलाई विद्युतीय कारोबार ऐनअनुसार काठमाण्डुबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले ७ दिन हिरासतमा राख्न थुना अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement