१ किलो ९५० ग्राम चाँदीसहित १ जना पक्राउ


सर्लाही – कम्मरमा लुकाई ल्याएको करीब १ किलो ९५० ग्राम चाँदी लगायतका विभिन्न सामानसहित भारतको सितामढी बसतपुर ग्राम पंचायत–७ बस्ने १९ वर्षीय लभ दासलाई मलंगवा नगरपालिका–८ लचकाबाट आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले तलासी गर्दा पक्राउ गरेको हो ।

उनको साथबाट चाँदीको सिक्का २० थान, हनुमानी १ थान, औंठी ८ थान, पायल–४ जोर, ब्रासलेट १ जोर, प्लेट २ थान, गणेश र लक्ष्मीको मूर्ती ११ थान, सिक्री ३७ थान गरी चाँदीका सामान बरामद गरेको छ ।

चाँदी बरामद सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement