जुवातास खेल्दाखेल्दै ४८ हजारसहित ११ जना पक्राउ


काठमाण्डु – सर्लाहीको ईश्वरपुर नगरपालिका–५ सखबनि बस्ने सार्कीमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय २८ वर्षीय कृष्ण मगरसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरी टोलीले नगद ४८ हजार ६०५ रुपैयाँ र ८ बुक ताससहित फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement