बलात्कारको आरोपमा १ किशोर पक्राउ


काठमाण्डु – मोरङ जिल्लामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १ किशोर पक्राउ परेका छन् ।

ग्रामथान गाउँपालिका–१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोराहाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement