नक्कली नोटसहित २ जना पक्राउ


काठमाण्डु – प्रहरीले नक्कली जस्तो देखिने नोटसहित पर्साबाट २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट १ हजार दरको ३८ नक्कली जस्तो देखिने नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेशकुमार पटेल र वीरगञ्ज महानगरपालिका–३१ कोनिया बस्ने २३ वर्षीय रिसि पटेल छन् ।

घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रुपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको छ ।

सँगै प्रहरीले प्र २–०३–००१ प ८९० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । बरामद नोटहरू सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement