श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ


विराटनगर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा श्रीमतीको हत्या गरी फरार भएको आरोपमा १ जना पक्राउ परेका छन् ।

त्रियुगा–१६ धौरीका श्रीमान जसबहादुर तामाङले कुटपिट गर्दा घाइते भएकी ५० वर्षीया श्रीमती सुनमाया तामाङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिनन्द चौधरीले आइतबार राति मादक पदार्थ सेवन गरेर घर पुगेका जसबहादुरले कुटपिट गर्दा सुनमाया गम्भीर घाइते भएकी जानकारी दिए ।

घरायसी विवादमा कुटपिट भए पनि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीका अनुसार मंगलबार उपचारका क्रममा सुनमायाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement