नियन्त्रित लागूऔषधसहित १ जना पक्राउ


सिरहा – जिल्लाको लहान नगरपालिका–१९ बस्ने २२ वर्षीय विजय महतोलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६० पिस र साइप्रोन १६ पीससहित प्रहरीले पक्राउ गरेको छ ।

विजयले आफ्नै बुवासँग विवाद गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले कोठामा सिरानीको खोलभित्र लुकाई राखेको लागूऔषध फेला पारी पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement