कपडा किन्दा नक्कली नोट दिएर गएको आरोपमा २ जना पक्राउ


काठमाण्डु – प्रहरीले नक्कली नोटसहित पर्साको वीरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका–३ का उमेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले बताए ।

आरोपीहरूको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेका प्रहरीले जनाएको छ । दुवै जनालाई खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement