खुकुरी प्रहार गरेर फरार रहेका राना पक्राउ


नेपालगञ्ज – धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको आरोपमा बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीका ३० वर्षीय आकाश रानालाई प्रहरीले पक्राउ गरेको छ ।

हाल उनी कोहलपुर नगरपालिका–११ मा बस्दै आएका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २९ वर्षीय मिनबहादुर विकलाई राना लगायतका व्यक्तिले कात्तिक ३० खुकुरी प्रहार गरेर फरार भएको आरोप छ ।

जानकी गाउँपालिका–४ स्थित खेतको अरहर घारीमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गर्दा घुँडामा गोली हान्नुपरेको र घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement