पार्टीको नाममा धम्क्याएर चन्दा माग्ने २ जना पक्राउ


धनगढी – राजनीतिक पार्टीको नाममा धम्क्याएर चन्दा माग्ने २ जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–७ सुडाका व्यवसायीलाई धम्क्याएर रकम मागेपछि प्रहरीले पक्राउ गरेको हो ।

व्यवसायीलाई धम्क्याएर ५ लाख रकम मागेको आरोपमा प्रहरीले बैतडीको दोगडाकेदार–७ का ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका–१ का नरेश साउँदलाई पक्राउ गरेको छ । उनीहरूले नेकपा मालेको नाममा चन्दा माग्ने गरेको बताइएको छ ।

चन्दा नदिए परिवारका सदस्य वा स्वयं व्यवसायीलाई नै खतरा हुन सक्ने भन्दै धम्क्याएपछि प्रहरीमा उजुरी परेको थियो । पक्राउ परेका जोशी र साउँदको साथबाट खुकुरी, चक्कु, ६ सीमकार्ड, ३ मोबाइल र मोटरसाइकल बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले फोनमार्फत डर देखाउने र ज्यान मार्नेसम्मको धम्की दिने गरेको पाइएको बताए ।

पक्राउ परेका दुवै जनाविरुद्ध अपराध संहिता २०७४ अनुसार मुद्दा दर्ता गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement