मेयर रेनु दाहालको बदनाम गरेको आरोपमा २ जना पक्राउ


काठमाण्डु – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बदनाम हुने गरी सामाजिक सञ्जाल फेसबूकमा फोटो राखेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्ने उपेन्द्र देवकोटा रहेका छन् ।

आरोपीहरूले पत्रकार सन्तोष देउजा र मेयर रेणु दाहालको फोटो सम्पादन गरेर बियर पिएको देखिने बनाएर पोष्ट गरेको आरोप छ । प्रहरीले दुवै जनाविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement