अनलाइनबाट यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेहरू पक्राउ


काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको जनाएका छन् ।

पक्राउ पर्नेमा काभ्रेको भुमलु गाउँपालिका–४ घर भई हाल काठमाण्डुको लाजिम्पाट बस्ने २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाण्डु महानगरपालिका–१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement