एम्बुलेन्समा ल्याइएको २ किलो ८०० ग्राम चरेशसहित चालक पक्राउ

एम्बुलेन्समा ल्याइएको २ किलो ८०० ग्राम चरेशसहित चालक पक्राउ


धनगढी – बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको सुप प्र ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्समा चरेश ढुवानी भएको पाइएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ पुरानो यातायात कार्यालय नजिकमा पुगेको एम्बुलेन्सबाट २ किलो ८०० ग्राम लागूऔषध (चरेश) सहित प्रहरीले बझाङको केदारस्युँ गाउँपालिका–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समूह धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर एम्बुलेन्स चेकजाँच गर्दा चरेश फेला परेको छ ।

प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिँदै एम्बुलेन्स चालक रामबहादुर खातीलाई पक्राउ गरेको छ । बरामद चरेश सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।