ललितपुरमा लागूऔषधसहित १ जना पक्राउ


काठमाण्डु – प्रहरीले ललितपुरको झम्सिखेलबाट लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–३ झम्सिखेलमा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष अनुसन्धान टोली खटिएर उदयपुरको लेखानी गाउँपालिका–९ बस्ने ४० वर्षीय अबिनाश राईलाई पक्राउ गरेको छ ।

नियन्त्रणमा लिने क्रममा लागूऔषध कारोबारीले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित गरी फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा उनको दाहिने खुट्टामा गोली लागेको थियो । गोली लागेपछि उनलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडुमा लगिएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल, गोली राउण्ड २, लागूऔषध एटीएस ४८५ ग्राम, मोबाइल १, नगद नेपाली रुपैयाँ ६० हजार र भारतीय रुपैयाँ ११ हजार बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement